पर्वतमा बोलेरो जीप दुर्घटना : चालकको मृत्यु
पर्वत, १० चैत – कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको बोलेरो जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वत का अनुसार जीपमा ३५ वर्षीय चालक सज्जन परियार एक्लै रहेका थिए। गम्भीर घाइते भएका उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार वर्षाका कारण उकालो सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। उद्धार कार्य सशस्त्र प्रहरी बल नेपाल को टोली र प्रहरीको संयुक्त प्रयासमा सम्पन्न गरिएको थियो।
Facebook Comments Box

