कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल

काठमाडौं, ३० फागुन – नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोग मा पठाउने विषयमा बैठकमा छलफल हुने छ।

बैठक चैत १ गते दिउँसो १ बजे सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ। कांग्रेसले उक्त बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यलाई निर्देशनअनुसार उपस्थित हुन अनुरोध गरेको छ।

Facebook Comments Box