नेपालको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा बङ्गलादेशका प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २६ फागुन – बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा शान्तिपूर्ण ढङ्गले संसदीय निर्वाचन सम्पन्न भएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिनुभएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“यो महत्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ,” प्रधानमन्त्री रहमानले उल्लेख गर्नुभएको छ । उहाँले बङ्गलादेश सरकार नयाँ सरकार र नेपाली जनतासँग सहकार्य गर्दै दुई देशबीच लामो समयदेखि रहेको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउँदै अघि बढ्न इच्छुक रहेको पनि बताउनुभएको छ ।

Facebook Comments Box