रुकुम पूर्वबाट प्रचण्ड विजयी
रुकुम पूर्व, २२ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड विजयी भएका छन्। शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लिलामणि गौतमले तीन हजार ४६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी कुशुमदेवी थापाले तीन हजार ८१ मत पाएकी छन्।यस परिणामसँगै नेकपाले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Facebook Comments Box

