देशभर सम्पन्न निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ, २१ फागुन – निर्वाचन आयोगले देशभर सम्पन्न निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदान प्रतिशत कम देखिएको आयोगले जनाएको छ।

बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो। देशभर कुल २३ हजार ११२ मतदान केन्द्र र १० हजार ९६७ मतदान स्थल तोकिएका थिए।

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार केही मतदान केन्द्रमा प्रक्रिया जारी रहेकाले अन्तिम मतप्रतिशतमा सामान्य वृद्धि हुन सक्नेछ।

यस निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने अपेक्षा गरिएको थियो। अघिल्लो निर्वाचनमा भने १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो, जसमध्ये १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको थियो।

Facebook Comments Box