हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, ५ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका ८९ लाख १७ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ भइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार थान मतपत्र छपाइ गरिएको हो।

आयोगले कुल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्ने लक्ष्य लिएको छ। कुल मतदाता संख्याभन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने व्यवस्था अनुसार छपाइ भइरहेको आयोगले जनाएको छ। आयोगले उपलब्ध गराएको विवरणअनुसार अब एक करोड १९ लाख १३ हजार थान मतपत्र छपाइ हुन बाँकी छ।

हालसम्म २० हजार ८३० बाकस बराबरका मतपत्र प्याकिङ भइसकेका छन् भने १४ हजार ४२० बाकस बराबरका मतपत्र प्याकिङ गर्न बाँकी छन्। यस्तै, केन्द्रले १० लाख ९८ हजार २०० थान मतपत्र नमूनाका रूपमा निर्वाचन आयोगमा पठाइसकेको जनाएको छ।

Facebook Comments Box