आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ, २८ पुस – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहे पनि हाल देशभर मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी आज राति तराईका केही स्थानमा हुस्सु रहने सम्भावना छ । पहाडी तथा हिमाली भू–भागमा भने राति पनि मौसम प्रायः सफा नै रहने महाशाखाले जनाएको छ ।

Facebook Comments Box