एक हजार १२ थान ग्यास सिलिण्डर नष्ट
रूपन्देही, १६ पुस – रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिमा एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरिएको छ ।
उपभोक्ताको सुरक्षालाई ध्यानमा राख्दै प्रयोगका लागि असुरक्षित देखिएका सिलिण्डर आज नष्ट गरिएको प्रालिका प्रबन्धक देवीप्रसाद भुसालले जानकारी दिनुभयो । उद्योगमा रहेको त्रिशूल ब्रान्डको लोगो अङ्कित सिलिण्डर स्क्र्याप गर्ने निर्णयअनुसार नष्ट गरिएको उहाँले बताउनुभयो ।
भुसालका अनुसार यसअघि पनि २०७७ सालमा एभरेष्ट ग्यास संसारअन्तर्गत रहेको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्रान्डका एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो ।
Facebook Comments Box

