आज देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो
काठमाडौँ, २० पुस – हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। आज राति प्रदेश १ को पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

