एमाले नेतृत्व चयनको मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौं , १ पुस – नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि आज सुरु हुने भनिएको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

केहीबेरमै मतदान सुरु हुने तयारी भइरहेका बेला प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको हो। महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै जानकारी दिँदै भोलि बिहान ८ बजेदेखि सोही स्थानमा मतदान हुने स्पष्ट पार्नुभयो।

उहाँका अनुसार प्राविधिक समस्या र चिसो मौसमका कारण लामो समयसम्म प्रतिनिधिहरूलाई प्रतिक्षा गराउन कठिन भएकाले आजका लागि मतदान स्थगित गरिएको हो।

Facebook Comments Box