पटक–पटक भएको बन्दाबन्दीका कारण सताक्षीधामका साधुसन्तलाई खाद्यान्न संकट

झापा, २३ साउन – कोरोना भाइरस कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दीका कारण आर्थिक स्रोत अभावले नेपालमा नै प्रशिद्ध धार्मिकस्थल झापाको सताक्षीधाम संकटमा पर्दै गएको छ ।

शिवसतासी नगरपालिका– ११ स्थित सताक्षी धाममा नियमित आउने भक्तजनबाट प्राप्त हुने चन्दा, भेटी, दान र सहयोग बन्द हँुदा कुटीमा रहेका साधुसन्तलाई खाने कुरामा संकट देखापरेको हो । यस्तै सञ्चालन गरिएको गुरुकुल विद्यालयमा समेत संकट देखा परेको छ ।

यहाँ गुरुकुलम संस्कृति आवासीय विद्यालयमा २५ जना बटुकहरु अध्ययनरत छन् । उनीहरुको शिक्षादेखि खाना र आभासको व्यवस्था सताक्षीधाम मन्दिर बिकास समितिले गर्दै आएको अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।

त्यस्तै धाममा सञ्चालन गरिएको गौशालामा तीन सय बढी गाई बस्तुलाई आहारा समेत जुटाउन मुश्किल हुदै गएको छ । दैनिक जसो देश बिदेशबाट आउने भक्तजनको भिड समेत सुनशान रहेको छ । कोभिडको पहिलो बन्दाबन्दी देखि नै लागेको ताला अझै खुल्न सकेको छैन अध्यक्ष सुब्बाले बताउनुभयो ।

अन्य आम्दानीको स्रोत केही छैन, यहाँ आउने भक्तजनले चढाएको भेटी, दान, सहयोग नै यहाँको मुख्य आम्दानीको स्रोत हो अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । सताक्षीधाम मन्दिर परिसरमा रहेका कुटीहरुमा अहिले पनि १९ जना साधु, सन्त, माताहरु स्थाई रुपमा बस्नुहुन्छ ।

उहाँहरुलाई दैनिक भोजन जुटाउन समेत अहिले धामलाई समस्या भएको छ । भक्तजनहरुले साधु सन्तलाई लत्ता कपडादेखि अन्नलगायतका खाद्यान्न समेत सहयोग गर्ने गरेका थिए । तर यो क्रम एक बर्षदेखि भक्तजन आउन सकेका छैनन् ।

धार्मिक स्थलको ढोकामा ताला लागेको छ । धार्मिक स्थमा सञ्चालन गरिएको गोलोक गोबर्धन गौशालामा मात्र तीन भन्दा बढी विभिन्न स्थानीय तथा निर गाई, गौरीगाई, कामधेनुलगायत प्रजातिका गाई गोरु संरक्षण गरिएको छ ।

पाहाड तराईको संगम स्थलमा रहेको धार्मिक स्थल प्राकृतिक रुपमा नै अति सुन्दर मनोमोहक रहेको छ । सताक्षी नदीको किनारमा अवस्थित पबित्र धार्मिक तिर्थस्थल प्रत्येक वर्षजसो देशबिदेशका गरि झण्डै एक लाख धार्मिक पर्यटक आउने गरेका थिए ।

यो स्थान एक बर्षदेखि सुनशान रहेको छ । साउन महिनामा मात्र झण्डै ३० हजारभन्दा बढी भक्तजन सताक्षी नदीमा स्थानन गर्न आउने गरेका थिए । नेपालकै प्रशिद्ध धार्मिक स्थल सुनशान भएपछि मातवतमा सञ्चालन रहेका सबै प्रभावित भएका छन् ।

Facebook Comments Box