सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं,  २९ मंसीर – राजनीतिक दल तथा सरोकारवालासँग वार्ता र छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार राजनीतिक दल र विभिन्न सरोकारवालासँग संवादलाई संस्थागत र प्रभावकारी बनाउन समितिको गठन गरिएको हो।

Facebook Comments Box