एमाले ११औं महाधिवेशनमा उम्मेदवारी दर्ता सम्पन्न

काठमाडौं, २९ मंसिर – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ। निर्वाचन आयोगले सोमबार तोकिएको समयभित्र उम्मेदवारी दर्ता सम्पन्न भएको जानकारी दिएको छ।

आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया समाप्त भएसँगै कार्यालयको ढोका बन्द गरिएको छ। उम्मेदवारी दर्ताको समय सोमबार दिउँसो ३ बजेदेखि तोकिएको थियो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

यी दुवै नेताबीच प्यानलसहित प्रतिस्पर्धा हुने भएको छ। यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ। अन्य पदाधिकारी तथा ३०१ केन्द्रीय सदस्यसहितका पदमा पनि उम्मेदवारी दर्ता सम्पन्न भएको आयोगले जनाएको छ।

एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। आज नै उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments Box