पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतद्वारा फाइल मगाउन आदेश
काठमाडौं, २९ मंसीर – विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको उजुरी तथा उनीसहित अन्य आरोपितहरूमाथि मुद्दा चलाउने निर्णयसम्बन्धी फाइल मगाउन आदेश दिएको छ।
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २०६९ मंसिर २५ गते भएको निर्णय तथा सोसम्बन्धी उजुरीसहितका कागजात मगाउन आदेश गरेको हो।
अदालतले विशेष सरकारी वकिलको कार्यालयमार्फत सरकारी साक्षीहरूलाई उपस्थित गराउन निर्देशन दिएको छ। साथै, आरोपितहरूलाई पनि आफ्ना साक्षी पेस गर्न आदेश दिइएको छ।
Facebook Comments Box

