आगलागीमा परी वृद्धको मृत्यु

सङ्खुवासभा, २८ मङ्सिर – चैनपुर नगरपालिका–४, मैदानेमा आज बिहान भएको आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार ८८ वर्षीय दिलबहादुर लिम्बूको ग्यास चुहावटबाट भएको आगलागीमा परी ज्यान गएको हो।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका नगद र जिन्सी गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

Facebook Comments Box