कान्ति राजमार्ग आजदेखि दुई महिना बन्द हुने

काठमाडौँ, २० मङ्सिर – आवश्यक मर्मत–सम्भार तथा विस्तारका कामका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडकका विभिन्न खण्डमा निर्माण र विस्तारको काम तीव्र गतिमा अघि बढाउन दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन रोक्का गरिने छ।

कान्ति राजमार्ग सडक आयोजनाका अनुसार सो अवधिभर सबै प्रकारका सवारी साधनलाई राजमार्ग प्रयोग गर्न नदिई मर्मत तथा विस्तार कार्य निरन्तर अघि बढाइनेछ। जिल्ला प्रशासन कार्यालयले कान्ति राजमार्ग प्रयोग गर्ने चालक तथा यात्रुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गर्दै असुविधाका लागि क्षमा प्रकट गरेको छ।

Facebook Comments Box