हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

हङकङ, २८ मंसिर – बुधबार राति हङकङको घना जनसंख्या भएको आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ। केही मानिसको अवस्था अझै अज्ञात छ। सुरक्षाकर्मीका अनुसार अधिकांश मृतक सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्।

प्रारम्भिक अनुमानअनुसार आगो विद्युत् सर्टका कारण लागेको हुन सक्ने आशंका गरिएको छ। तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ। आगलागी भएका भवनमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए। उद्धार कार्य अझै जारी छ र घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जसमा धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

नगर प्रशासनले विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासको व्यवस्था गरेको छ। हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत र पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने जनाएको छ।

Facebook Comments Box