प्रतिनिधिसभा निर्वाचनका लागि एकै दिन एमालेसहित १५ दल दर्ता, कुल संख्या ८० पुग्यो
काठमाडौं, ९ मंसिर – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज (मंगलबार) मात्र १५ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले सम्म दर्ता भएका दलको संख्या ८० पुगेको छ।
मंगलबार दर्ता गराउने दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल लगायत दलहरू रहेका छन्।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने समय बुधबारसम्म रहनेछ। दर्ता प्रक्रिया पूरा गरेका दलहरूले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउनेछन्।
Facebook Comments Box

