‘जिम्मेवारी एक रत्ति पनि मर्न दिन्न’ : एमाले नेसनल भोलेन्टियर्स फोर्सका संयोजक पुष्पराज श्रेष्ठ
काठमाडौं, ५ मंसिर – नेकपा एमालेले शुक्रबार घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि पार्टीको पक्षमा लड्न तयार रहेको बताए। श्रेष्ठले भने,
“पार्टीले जुन आशा–भरोसा गरेर जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन। जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट, जहाँबाट भए पनि भिड्न तयार छौं।”
सभा क्रममा उनले सरकारलाई चेतावनी दिँदै नसच्चिए आवश्यक प्रतिकारको सामना गर्नुपर्ने दाबी गरे।
उनका अनुसार,
“यदि तपाईंहरू सच्चिनुहुन्न भने, तपाईंहरूले जस्तै विरोध र अवरोधको प्रतिकार गर्न हामी पनि तयार छौं।”
यसैबीच, उनले आफ्नो तथा नेताहरूको घरको लोकेसन ट्र्याकिङबारे पनि टिप्पणी गर्दै भने,
“जसरी तपाईंहरूले हाम्रो लोकेसन ट्र्याक गर्दै देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरिरहेका छौं। अब हामी पनि तपाईंहरूको घर–घर घेर्नेछौं।”

