सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ, ३० असोज – सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा आज निधन भएको छ। सन् १९५३ मा न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। सो ऐतिहासिक दलमा भरियाका रूपमा सहभागी कान्छा शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए।

दुई दशकभन्दा बढी समय पर्वतारोहण क्षेत्रमा सक्रिय रहनुभएका शेर्पा पछिल्ला वर्षहरूमा स्वास्थ्य समस्याका कारण विश्राममा रहँदै आउनुभएको थियो। उहाँ सो ऐतिहासिक आरोहण दलका अन्तिम जीवित सदस्यका रूपमा रहनुभएको थियो। पारिवारिक स्रोतका अनुसार उहाँको निधन आज काठमाडौँको कपनस्थित निवासमा भएको हो।

Facebook Comments Box