अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ को मृत्यु, १२ घाइते

ज्याक्सन, मिसिसिपी, अमेरिका – अमेरिकाको मिसिसिपीमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटना राज्यको राजधानी ज्याक्सनबाट करिब १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डमा भएको हो।

स्थानीय समयअनुसार शुक्रबार मध्यराततिर, लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकी फुटबल प्रतिस्पर्धा सकिएको भेलामा गोली चलेको हो। घाइते चार जनालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ। अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन। घटनाको कारण र आरोपीको पहिचानको अनुसन्धान जारी छ।

Facebook Comments Box