डेंगी सङ्क्रमण पाँच हजार नजिक, दुई जनाको मृत्यु

काठमाडौं, ७ असोज – देशभर डेंगी रोगको सङ्क्रमण पाँच हजार नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ४,८१४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

डा. दाहालका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक बाँकी सबैजसो जिल्लामा डेंगी सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। उहाँले भने, “पानी पर्न कम भएपछि र जाडो सुरु भएपछि डेंगी सङ्क्रमणको जोखिम घट्ने छ।”

प्रदेश अनुसार सङ्क्रमित संख्या

  • कोशी प्रदेश: ७१४

  • मधेश प्रदेश: ९५

  • बागमती प्रदेश: १,०६४

  • गण्डकी प्रदेश: १,२७३

  • लुम्बिनी प्रदेश: ८४३

  • कर्णाली प्रदेश: २७०

  • सुदूरपश्चिम प्रदेश: ५५५

Facebook Comments Box