काठमाडौंमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं, २ असोज – काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा संखुवासभा खाँदबारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटना आज बिहान साढे ५ बजे भएको हो । प्रहरीले उक्त बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Facebook Comments Box

