आज देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २१ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने, देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ भने, प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

Facebook Comments Box