आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
काठमाडौँ, १ असोज – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रुपमा सार्वजनिक बिदा घोषणा गरिएको हो।
मन्त्रिपरिषद्बाट जारी विज्ञप्तिमा भनिएको छ – “भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा असोज १ गते बुधबार नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरू बन्द रहनेछन्। साथै, नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाइनेछ।”
Facebook Comments Box

