राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय
काठमाडौं, ४ चैत्र – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आगामी २०७९ जेठ १६ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले बताए।
उनका अनुसार परीक्षा २५ गते सकिनेछ। गएका दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा सञ्चालन गरिएको थियो। तर यसवर्ष अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।
Facebook Comments Box

