पुतलीसडकमा माइक्रोबसको ठक्कर, दुई बालबालिका घाइते, एकको अवस्था गम्भीर
काठमाडौँ, १८ भदौ – काठमाडौँको पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीया आशिका राईलाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
ठक्करबाट गम्भीर घाइते विवेक तामाङलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । त्यस्तै, आशिका राईको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box

