धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त

सुनसरी, ६ भदौ

अविरल वर्षापछि सेउती खोलामा आएको बाढीले धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ। वि.सं. २०५७/५८ मा करिब ५० लाख रुपैयाँ लागतमा बनेको यो पुल धरान बजार आवतजावतका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। गत साउन २८, २९ र ३० गते लगातार परेको वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचना क्षतिग्रस्त बनाएको वडा सदस्य राजन चाम्लिङले जानकारी दिए।

घटनापछि कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, एमाले प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईलगायतले स्थलगत निरीक्षण गरेका थिए। पुल तत्काल मर्मत गरी आवागमन सुरक्षित बनाउन सरोकारवालालाई आग्रह गरिएको वडा सदस्य चाम्लिङले बताए।

उनका अनुसार, यदि बाढीका बेला तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुललाई क्षति हुनबाट जोगाउन सकिन्थ्यो। अहिले तत्काल सुरक्षात्मक संरचना निर्माण गरी पुललाई थप क्षति हुन नदिने प्रयास भइरहेको र जोखिम न्यूनीकरणमा प्राथमिकता दिइएको उनले उल्लेख गरे।

Facebook Comments Box