सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक माथि विचार गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, २९ साउन — प्रतिनिधि सभाको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघिको बैठकमा गणपुरक संख्या अभावका कारण रोकिएको प्रस्ताव आज स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम भने हटाइएको छ। विशेष समयमा नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपमा दलित तथा विपन्न वर्ग बढी प्रभावित हुने बताउँदै भूमिहीन दलितलाई जमिन उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।

उनले नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचना तथा जनशक्ति सबलीकरणमा जोड दिइन्। प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्नेछ।

Facebook Comments Box