सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज, २३ साउन

सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउको धानखेत र बाँसघारीमा बेवारिसे अवस्थामा लुकाइएको ३९६ किलो गाँजा फेला पारिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा प्याक गरिएको गाँजा बरामद गरेको बताइएको छ। बरामद गाँजा सम्बन्धित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ।

Facebook Comments Box