लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ

बुटवल, १२ साउन – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आयोजित समारोहमा शपथ लिनुभएको हो।

शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै खाली रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता पाण्डेलाई दिनुभएको हो।

Facebook Comments Box