भेरी नदीमा गए राति टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत, ७ साउन – भेरी नदीमा गए राति टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्स कम्पनीको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको जानकारी इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले दिनुभयो। टिपरमा चालकसहित तीन जना सवार थिए र उनीहरूको अवस्था हाल अज्ञात रहेको छ।

बेपत्ता खोज्न रुकुमपश्चिम र जाजरकोट प्रहरी टोली परिचालित गरिएको छ। प्रहरी नायब निरीक्षक चौधरीका अनुसार भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। बेपत्ता भएकाहरूको नाम र ठेगाना अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटना बारे थप जानकारी जुटाउन खोजी जारी राखेको छ।

Facebook Comments Box