नेपाल रेडक्रसको केन्द्रीय समितिले विधान संशोधन गरी समस्या समाधान गर्ने

काठमाडौँ, १७ साउन – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाका वर्तमान समस्याहरू समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा समितिले सरकारले दिएको कार्यादेश अनुसार काम गर्ने र समाज कल्याण परिषद्मा आवद्ध भएर आवश्यक सहयोग गर्ने जानकारी दिएको हो।

सरकारले हालै गठन गरेको यस समितिले नेपाल रेडक्रसको प्रचलित विधान संशोधन गरी संशोधित विधानअनुसार केन्द्रीय महाधिवेशन आयोजना गर्ने मुख्य जिम्मेवारी बहन गर्नेछ। समितिले कार्य सम्पादनमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि सबै सरोकारवालालाई आह्वान गरेको छ।

Facebook Comments Box