पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोट (बागलुङ), ७ साउनः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएको पहिरोले सडकमा ठुलो क्षति पुर्‍याउँदै यातायात अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो। यस कारण आज बिहानदेखि सो खण्डमा कुनै पनि सवारी साधन सञ्चालन हुन सकेको छैन।

त्यस्तै, वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डस्थित छहरेमा पनि सडक अवरुद्ध भएको छ। करिडोर आयोजना तथा सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो। यससँगै बलेवा–कुशिमसेरा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासन र सडक आयोजना टोलीले सक्दो चाँडो सडक सुचारु गर्न लागि परेको जनाइएको छ।

Facebook Comments Box