वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

हेटौँडा, १ साउन – वाग्मती प्रदेशसभाबाट पारित दुई विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन्। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न अघि सारेका दुई विधेयकहरू

प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च सम्बन्धी विधेयक, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन विधेयक  प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गरेका हुन्। यी दुवै विधेयक असार २३ गते बसेको प्रदेशसभा बैठकबाट पारित भएका थिए।

Facebook Comments Box