काठमाडौँ उपत्यकामा ८३ जना सहित देशभर थप १८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८३ जना सहित देशभर थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६४, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ४ हजार ८३१ आरटी पीसीआर तथा ५ हजार ४१ एन्टीजेन परिक्षण सहित ९ हजार ८७२ जनाको परिक्षण गर्दा थप १८१ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २८९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७३ रहेको छ

Facebook Comments Box