आजको मौसम पूर्वानुमान: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २८ असार – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको बताइएको छ।
महाशाखाका अनुसार:
-
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
-
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
-
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
रातिको अवस्था
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
-
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
-
कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।
महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै जलाधार क्षेत्र, नदी किनारा तथा पहिरो सम्भावित स्थानहरूमा विशेष सावधानी आवश्यक रहेको जनाएको छ।

