राष्ट्रियसभाको बैठक आज बस्दै, नागरिकता र जलस्रोत विधेयकमाथि छलफल हुने
काठमाडौँ, २७ असार – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।
Facebook Comments Box

