त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालद्वारा सपथ ग्रहण
काठमाडौँ, २५ असार – प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथ ग्रहण समारोह प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको हो। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
कुलपति ओलीले उपकुलपतिका लागि सिफारिस समितिबाट प्राप्त नाममध्येबाट प्रा. डा. अर्याललाई नियुक्त गर्नुभएको हो।
Facebook Comments Box

