केही प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले अधिकांश भागमा बदली मौसम देखिएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा

  • मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

  • कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

  • उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ।

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा

  • अन्य प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित छ।

  • यिनै पाँच प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

  • साथै, उच्च पहाडी र हिमाली भूभागमा हल्का–मध्यम वर्षा वा हिमपात पनि हुन सक्छ।

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहितको वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

  • सम्भावित वर्षाका कारण

    • भू–क्षय, बाढी, पहिरो, गेग्रान बहावको जोखिम,

    • सहरी तथा तराई क्षेत्रहरूमा डुबान

    • नदी/नालामा पानीको सतह बढ्ने संभावना रहेको

    • साथै जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले

    • सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पूर्वतयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न, सूचना प्राप्त गर्न नियमित मौसम अपडेट हेर्न र आवश्यक पूर्व तयारी गर्न आग्रह गरिन्छ।

Facebook Comments Box