पत्रकार सुशील दर्नाललाई युवा पत्रकारिता पुरस्कार
काठमाडौँ, २० असार – राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता सुशील दर्नाललाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
युवा तथा खेलकुद मन्त्रालयले पत्रकार दर्नालसहित प्रकृति दाहाल, ममता थापा र गगनशीला खड्कालाई पुरस्कारका लागि छनोट गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार, कुल ४६ आवेदनमध्ये मूल्याङ्कन तालिकाको आधारमा अधिकतम अंक प्राप्त गर्ने चार पत्रकारलाई छनोट गरिएको हो।
डेढ दशकभन्दा बढी समयदेखि राससमा आबद्ध दर्नालले सामाजिक विषयवस्तुमा कलम चलाउँदै आएका छन्। उहाँको योगदानलाई मध्यनजर गर्दै यो पुरस्कार प्रदान गरिने भएको मन्त्रालयले जनाएको छ।
पुरस्कार एक सातापछि आयोजना गरिने औपचारिक कार्यक्रममार्फत प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments Box

