नेपाली शान्ति सैनिकको अदलीबदली: तेस्रो समूह स्वदेश फर्कियो

काठमाडौँ, ३ असार — संयुक्त राष्ट्रसंघको अनुरोधमा अबेइ अन्तरिम सुरक्षा मिसनमा खटिएका तेस्रो समूहका ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फर्किएका छन्। सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा रहेको टोली आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको हो।

यसअघि जेठ ३० गते, प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा ७७ जना सैनिकको चौथो समूह अबेइतर्फ गइसकेको थियो। हाल संयुक्त राष्ट्रसंघको उक्त मिसनमा १०७ जना नेपाली शान्ति सैनिक खटिएका छन्। नेपाली सेना विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघको विभिन्न शान्ति मिसनहरूमा सहभागी हुँदै आएको छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको योगदानलाई सम्मानजनक स्थान दिलाएको छ।

Facebook Comments Box