प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटसम्बन्धी दुई विधेयक टेबुल हुने

काठमाडौँ, २ असार — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकको सम्भावित कार्यसूचीअनुसार, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक— ‘विनियोजन विधेयक, २०८२’‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’— प्रस्तुत गर्नुहुनेछ।

त्यसका साथै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम पनि रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिने कार्यसूची पनि तय गरिएको छ।

Facebook Comments Box