इरानद्वारा इजरायलको राजधानी तेल अविवमा हमला, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौँ, १ असार — इरानले इजरायलको राजधानी क्षेत्र तेल अविवमा हमला गरेको छ, जसमा कम्तीमा ८ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार शनिबार राति इरानले ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको हो।
ब्याट याममा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बालक छन्। ताम्रामा भएको अर्काे आक्रमणमा कम्तीमा ५ जनाको ज्यान गएको इजरायली सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमणले आवासीय क्षेत्रमा क्षति पुर्याएको छ, र उद्धारकर्मीहरू भग्नावशेष हटाउँदै उद्दार कार्यमा संलग्न छन्।
इरानको जवाफी कारबाही र इजरायलको निशाना
यसबीच, इजरायलले इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित संरचनामा आक्रमण गरेको बताइएको छ। आक्रमणबाट इरानको रक्षा मन्त्रालय र त्यसअन्तर्गतको अनुसन्धान संस्थामा क्षति पुगेको जनाइएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले एक विज्ञप्ति जारी गर्दै शनिबार रातिको आक्रमणबारे जानकारी दिएको छ।
विज्ञप्तिअनुसार इरानले इजरायलको फाइटर जेटहरूका लागि इन्धन भण्डारण केन्द्र र बिजुली प्रसारण प्रणालीहरूलाई लक्षित गरेको थियो। इरानले इजरायलद्वारा प्रक्षेपण गरिएका तीन त्रुज मिसाइल, १० ठूला ड्रोन र अन्य धेरै साना ड्रोनहरू आकाशमै नष्ट गरिएको दाबी गरेको छ।

