सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले चुचुरो चुम्न सफल
काठमाडौँ, ३१ वैशाख – यसपालि वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले चुचुरो चुम्न सफल भएका छन् । पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथा चुचुरो पुगेका छन् ।
आज अधिकांश युक्रेन, जापान र चीनको टोलीले नेपाली शेर्पा सहयोगीसँगै सगरमाथाको सफल आरोहण गरेका हुन् । जारी सिजनका लागि २७ हिमालमा १ हजार १ सय ४० जनाले अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा मात्र ४ सय ५८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
Facebook Comments Box

