एमाले मोरङको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

विराटनगर, २० फागुन – नेकपा (एमाले) मोरङको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जारी १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा र इतर पक्षबाट अजम्बर राईले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवार छन् ।

विनोद ढकालले नेतृत्व गरिरहेको इतर पक्षबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा उम्मेद्वार छन् । इतर पक्षको नेतृत्व गरिरहेका ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् । अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन हुनेछ । अधिवेशनका लागि ९११ जना प्रतिनिधि मतदाता छन् ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार आज ९ बजेपछि मतदान सुरु हुनेछ । मतदानपछि मतगणना सुरु गर्ने तयारी छ । फागुन १७ गते शनिबारदेखि सुरु भएको १०औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनीत प्रतिनिधिको विषयमा विवाद बढेपछि छ ।

Facebook Comments Box