कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले लिए शपथ

विराटनगर, १७ मङ्सिर – कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ ग्रहण गरेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करी आरोपमा राजीनामा दिएपछि रिक्त रहेको स्थानमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए ।

Facebook Comments Box