सिरहामा गाडीले ठक्कर दिंदा शस्त्र प्रहरी जवानको मृत्यु

जनकपुरधाम , १६ मङ्सिर – सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरी जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरी लक्ष्मण यादवको मृत्यु भएको हो ।

टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Facebook Comments Box