नागढुंगा मन्दिर नजिक पहिरो
काठमाडौं, २४ भदौं – नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए ।
पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् । अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।
Facebook Comments Box

