काभा महिला भलिबल : श्रीलंकाविरुद्ध इरानको रोमाञ्चक जित

काठमाडौँ, १८ साउन – श्रीलकांमाथि रोमाञ्चक जित निकाल्दै इरानले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा इरानले ३–२ को सेटमा जित निकाल्दै लिगमा पहिलो जित हात पारेको हो।

लिगमा श्रीलंकाले भने लगातार दोस्रो हार भोगेको हो। यद्यपी इरानविरुद्ध २ सेट जितेको श्रीलंकाले १ अंक पहिलो र दोस्रो सेट २५– २०र २५–१२ले आफ्नो पक्षमा पारेको इरानले त्यसपछिको दुई सेट लगातार गुमाउन पुग्यो। श्रीलंकाले २५–२२ ले तेस्रो सेट आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा लम्बिएको थियो।

चौथो सेट श्रीलंकाले २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो। यद्यपी पाँचौ तथा निर्णायक सेटमा इरानले १५–११ ले खेल आफ्नो पक्षमा पार्यो। जितसँगै इरानले अंक तालिकामा २ अंक जोडेको छ।

श्रीलंकाले १ अंक खोस्न सफल भयो। इरान पहिलो खेलमा बलियो टोली भारतसँग २५–२०,२५–१८,१९–२५ र २५–११ ले पराजित भएको थियो।

लिगको पहिलो खेलमा श्रीलंका भने घरेलु टोली नेपालसँग २५–१९, २५–१८ र २५–१९ ले पराजित भएको थियो। आजै हुने दोस्रो खेलमा भारत र मालदिभ्स खेल्नेछन्।

Facebook Comments Box